रुकुम पूर्वमा करोडौंका योजना अलपत्र
64x64
२०७९ चैत्र १७ शुक्रबार प्रेसपालिका संवाददाता
186 Views

रुकुम पूर्व १७, चैत ।
रुकुम पूर्वमा निर्माण सुरु भएका कैयौं योजना अलपत्र परेका छन् । निर्माण कार्यमा निरन्तरता नहुँदा करोडौं रकमका योजना अलपत्र परेका हुन् ।

योजना तथा आयोजनाहरुको निर्माण कार्य नसकिदाँ सरकारी लगानी खेर गएको छ । जिल्ला सदरमुकाम सिस्ने गाउँपालिका -५, को रुकुमकोटमा पाहुना घर बन्न लागेको करिव चार वर्ष भयो, अझै सकिएको छैन । संघीय सरकारको दुई करोड ७५ लाख रुपैयाँ बजेटबाट विशिष्ट व्यक्तिका लागि पाहुना घर निर्माण गर्न लागिएको थियो । पटक पटक समय थप गरेर ३ बर्षमा भवन निर्माण गरिए पनि सबै काम सकिएको छैन ।

आयोजना ठेक्कामा लगाउने सरकारी निकाय र निर्माण कम्पनीले यसमा चासो नदेखाएका कारण सञ्चानलमा आउन ढिलाई भैरहेको छ । सिस्ने गाउँपालिका–५, रुकुमकोट स्थित कमलदह नजिकमा १२ कोठेको सरकारका भिआइपी पाहुनाका लागि पाहुना घर बन्न लागेको हो ।

२०७६ भदौ महिना भित्र काम सम्पन्न गरिसक्ने गरी भवन सब–डिभिजन कार्यालय दाङसँग ग्यालबा क्याराभान जेभी कन्ट्रक्सन प्रालिले २०७५ भदौमा पाहुना घर निर्माणको सम्झौता गरेको थियो । उक्त जेभी कन्ट्रक्सन प्रालिबाट स्थानीयले पेटी ठेक्का लिएर २०७५ असोजबाट काम थालनी गरेका हुन् । पटक पटक समय थप गर्दै काम अलपत्र पारेको यो योजनामा संघिय सरकाले ९३ लाख रुपैँया बजेट बिनियोजन गरीदिएको छ । तर काम अलपत्र पार्ने निर्माण कम्पनीलाई कुनै कारबाही गरिएको छैन ।

त्यस्तै सिस्ने गाउँपालिकाको कृषि उपज संकलन केन्द्र भनेर सुरुको स्थानीय सरकाले आर्थिक वर्ष २०७६/७७ बाट सुरु गरी २ चरण गरेर जम्मा ५५ लाख लगानी गरेर पनि यो योजना अझै निर्मानाधिन रुपमा रहेको छ । यसलाई सम्पन्न गर्नका लागि फेरी पनि लुम्विनी प्रदेश सरकारले ४० लाख रुपैँया बजेट बिनियोजन गरेको छ । यस्तै सिस्ने गाउँपालिकाको प्रशासनिक भवन बनाउनका लागि संघ र स्थानिय सरकारको साझेदारीबाट आर्थिक वर्ष २०७७/७८ बैशाखखबाट सुरु भएको र २०७८/७९ मा पालिकालाई हस्तान्तरण गर्नुपर्ने हो । तर यसमा पनी एक पटक म्याद थप गरिएको थियो । यस भवनको काम अहिले अन्तिम चरणमा पुगेको छ । यसमा अघिल्लो सरकार हुँदा ४ करोड ९७ लाख लगानि भएको र यसलाई पूणै रुपमा सम्पन्न गर्नका लागि अहिले यस चालु आवमा २ करोड ३८ लाख रकम बिनियोजन भैसकेको छ ।

यसैगरी पुथाउत्तरगंगा गाउँपालिका -११ तल्लोसेराको मोटरेवल पुलको पनि हालत उस्तै छ ।सहिद मार्ग अन्तर्गत यस सडकका लागि संघ सरकारले रोल्पा र रुकुमका लागि भनेर १६ करोड बजेट बिनियोजन गरेको यो पुल पनि २०७८ सालमै डिपिआर भैसकेको अवस्थामा स्थानीयको विवादलाई देखाएर काम अगाडि बढाईएको छैन ।

भूमे गाउँपालिका -५, बालुवादेखि पुथाउत्तरगंगा -१४, देउखोला र जामावगर सडक खण्डमा पनि ठेकेदार कम्पनीको चरम लापरवाहिले ७ बर्षसम्म पनि सडक निर्माण भएको छैन । संघीय सरकारको साझेदारीमा एसियाली विकास बैंकको आर्थिक सहयोगमा आर.सि.आइ.टि. परियोजना अन्तर्गत र शंकरमाली निर्माण सेवा प्रा.ली.ले रुकुम पूर्व क्षेत्रमा ३० करोड रकममा कामको जिम्मा लिएका थियो । अहिले यस सडकको मार्ग खोल्नका लागि लामा कन्ट्रक्सन नभई शंकरमाली निर्माण सेवा प्रा.ली.ले जिम्मा लिएको छ । यसले पनि कडा चट्टान र कोभिड जस्ता बहाना बनाई काम अगाडि बढाएको छैन ।

अर्को रुकुमकोटको ढकलबारामा निर्मानाधिन रुपमा रहेको यस जिल्ला स्तरीय रंगशालामा पनि क्रमागत टुक्रे बजेटका कारण निर्माण कार्य अलपत्र परेको छ । यसमा २०७३ सालमा १० लाख र २०७४ सालमा ३० लाख रकम बिनियोजन भई लगानी समेत भैसकेको छ । विभिन्न सरकारको लगानीमा सुरु भएको यस योजनामा पनि बेलाबेला अपुग बजेटका कारण पूर्ण रुपमा रंगशालाको काम सम्पन्न हुन नसकेको स्थानीय सम्बन्धित व्यक्ति जितकुमार शाहले बताए । यसमा पछि नेपाल सरकारको रकमान्तरण भएको ३८ लाखको लगानीमा जिल्ला खेलकुद विकास समिति रुकुम पूर्व मार्फत काम गरिएको थियो । गएको आर्थिक बर्षमा सिस्ने गाउँपालिकाले समेत १० लाख रुपैँया लगानी गरेको थियो । चालु आर्थिक वर्षमा भने लगानी गर्ने भन्दै ८ लाख रुपैँयाको बजेट बिनियोजन भैसकेको छ । यस रंगशालामा अहिले जग्गा खरिदले गर्दा योजनाबाट केही रकम बचाएर काम गर्नु पर्दा जग्गा खरिदको मारमा परेको छ । १२ सय ८० बर्ग किलोमिटर जग्गा भने रंगशालाकै नाममा रहने गरी सिस्ने गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । तर १४ लाख रुपैँया जग्गाको ऋण देखिएको छ ।

रुकुम जिल्लाकै महत्तपूर्ण योजनाका रुपमा हेरिएको सभाहलको योजनाले पनि जग्गाको यकिन नगरी साढे २५ करोडको ठेक्का अगाडि बढाउदा अन्योलता सृजना भएको छ । यसमा पनि केही जग्गाको काम टुंगिए पनि केही गौचरणको जग्गा स्थानीय सरकारको मातहतमा लिन नसक्दा समस्या देखिएको छ । यस योजनाका लागि सघन सहरी तथा भवन निर्माण आयोजना, दाङ अन्तर्गतको रुकुमकोट सिस्ने गाउँपालिका वडानम्बर -५, स्थित करिब २२ रोपनी जग्गामा बन्ने भनिएको सभाहल अहिले पनि निर्मानाधिन अवस्थामा छ । कुल २२ रोपनी क्षेत्रफलको जग्गामा ३ हजार जना अट्ने गरी बन्ने भनिएको उक्त सभाहल करिब साढे १८ महिनामा नै सक्ने गरी सरकारले आर्थिक वर्ष २०७६/७७ को जेठ ८ गते एक निर्माण कम्पनीलाई कुल २५ करोड ६४ लाख ४४ हजारमा ठेक्का दिएको थियो । २०७८ मङ्सिर २३ गतेभित्र सभाहल निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ आयोजनाले गत २०७६ जेठ ८ गते निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

जस अनुसार समय सीमाकोे एक बर्ष नाघिसक्दा समेत काम निर्मानाधिन अवस्थामा छ । कतिपय बन्दै गरेका योजना अलपत्र अवस्थामा छन् भने निर्माण भैसकेका संरचना समेत व्यवस्थापनको बहाना देखाएर प्रयोगमा आउदैनन । यसको एउटा मात्रै ज्वलन्त उदाहरण भनेको कमलदह परिसरमा रहेको २ कोठे सौचालय भवन हो । यस्तै जिल्लाभरी अलपत्र योजनाहरु कतिपय निर्माण व्यवसायिको लापरवाही र सरकाद्धारा पटक पटक समय थप गर्ने प्रबृत्ति भएर यो स्थिति आएको जिल्लाका सरोकारवाला निकायहरुले बताएका छन् । यस्ता अलपत्र योजनाहरुलाई निरन्तरता दिनका लागि बेला बेला ताकेता गर्दै आएको जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News