मेलगैरी हत्याकाण्डको सम्झनामा श्रद्धाञ्जली सभा
64x64
२०७९ फाल्गुण १५ सोमबार प्रेसपालिका संवाददाता
595 Views

रुकुम पश्चिम १५, फागुन ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका -२, मेलगैरीमा भएको सामूहिक हत्याकाण्डको २७ बर्ष पुगेको छ । २०५२ फागुन १५ गते साविक पिपल गाविस ५ को मेलगैरीमा तत्कालिन बाँफिकोट प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले ६ जना खत्री बन्धुको सामूहिक हत्या गरेको थियो ।

मेलगैरीको एक घरमा बसिरहेका कलबहादुर खत्री, लालबहादुर खत्री, पशुपति खत्री, दलबहादुर खत्री, मनबहादुर खत्री र खड्कबहादुर खत्रीको सामुहिक हत्या भएको थियो ।

घटना भएको २७ बर्ष बितिसक्दा पनि आफुहरुले न्याय नपाएको पीडितहरुको गुनासो छ । शहिद परिवारको अवस्था राज्यले बुझ्न नसकेको, जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राज्यले नस्विकारेको पीडितहरुको गुनासो छ ।

मेलगैरी हत्याकाण्ड जनयुद्ध सुरु भए पछिको पहिलो ठुलो हत्याकाण्ड हो । फागुन १४ गते गोरखाका दिलबहादुर रम्तेलको हत्या गरेको प्रहरीले १५ गते मेलगैरीमा पिपलका ६ जना खत्रीबन्धुको एकै चिहान बनाएको थियो ।

आज घटना भएको २७ वर्ष पूरा भएको अवसरमा मेलगैरीमै स्मृति सभा भएको छ । उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय  सल्लाहकार देवीलाल गौतम, कर्णाली प्रदेश कमिटि सदस्य धर्मबहादुर केसी, बाँफिकोट गाउँपालिकाका पार्टी अध्यक्ष चन्द्रबहादुर केसी लगायतको उपस्थिति रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News