लिफ्टिङ योजना अलपत्र हुँदा खानेपानीको समस्या
64x64
२०७९ माघ १२ बिहिबार प्रेसपालिका संवाददाता
886 Views

रुकुम पश्चिम १२, माघ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडानम्बर -३, मा खानेपानीको समस्या भएको छ । तीन वर्ष अघि सुरु गरिएको लिफ्टिङ योजना अलपत्र हुँदा खानेपानीको समस्या भएको हो ।

वडानम्बर -३, को खाराखाली, गरायलागाउँ, अध्याचौर स्याँला, मसारी, जम्लेपोखरी, चिउरेखाली लगायतका स्थानमा खानेपानीको समस्या भएको स्थानीयले बताएका छन् । खानेपानीको अभाव भएपछि हिजोआज गाउँका स्थानीयबासीको दिनचर्या पानीको अभावमै बित्ने गरेको छ ।

अहिले खाराखाली अध्याचौर गरायला गाउँमा रित्ता धारा मात्रै रहेका छन् ।साविकको दुली गाविसको नाउलीखोला मुहानबाट आउने पानी रातभर जम्मा गर्दा पनि स्थानीयले वर्षौं देखि पानीको अभाव झेल्नुपरेको छ ।

यसबाट गाउँमा पानीको हाहाकार भएको स्थानीय चन्द्र बहादुर नकालको भनाइ छ । उहाँका अनुसार गाउँका करीब ५ सय घरधुरीले राम्रो सङ्ग पिउने पानी पाएका छैनन् ।

यहाँको खानेपानी समस्या हल गर्न तुसारे‌ अध्याचौर लिफ्टिङ खानेपानीको ठेक्का टेन्डर परेको तीन वर्ष बितिसकेको छ । तर योजना अलपत्र भएको र काम सम्पन्न गर्ने निकायले लापरबाहीगरेको स्थानीयको गुनासो छ ।

बिगत लामो समयदेखि यहाँका स्थानीयले पानीको अभाव झेल्नुपरे पनि सम्बन्धित निकायले भने यसतर्फ मौन रहेको बताइएको छ । पानी व्यवस्थाका लागि स्थानीय वडा र गाउँपालिका सरकारले समेत चासो देखाएका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News