मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त
64x64
२०७९ माघ ०६ शुक्रबार प्रेसपालिका संवाददाता
333 Views

रुकुम पश्चिम ६, माघ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । शर्माले मुख्यमन्त्रीमा नियुक्त भएको १०औँ दिन अर्थात आज  विश्वासको मत लिनुभएको हो ।

४० सदस्यीय प्रदेशसभामा शर्माका पक्षमा २५ र विपक्षमा १४ मत खसेको छ । उनको पक्षमा नेकपा माओवादी केन्द्रको १३, एमालेको ९, नेकपा एकीकृत समाजवादीको १ र राप्रपाको १ मत खसेको थियो ।

नेपाली कांग्रेसका १४ सांसदले भने विपक्षमा मतदान गरे । त्यस्तै मुख्‍यमन्त्री शर्मालाई स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले समेत विश्वासको मत दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News