मकैको बिउ बितरण
64x64
२०७९ माघ ०४ बुधबार प्रेसपालिका संवाददाता
481 Views

रुकुम पश्चिम ४, माघ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियोजना कार्यान्वयन इकाई सल्यान सम्पर्क कार्यालय रुकुम पश्चिम अन्तर्गत मकै जोन रुकुम पश्चिमले किसानहरुलाई बसन्ते मकैको बिउ बितरण गरेको छ । किसानको मागको आधारमा त्रिवेणी गाउँपालिकाका ६ वटा सहकारी, फर्म र समूहलाई ५० प्रतिशत अनुदानमा १ सय ५ किलोग्राम मकैको बिउ वितरण गरिएको हो ।

परियोजना कार्यान्वयन इकाई सल्यान मकै जोन रुकुम पश्चिमका नायब प्राविधिक सहायक डम्बर केसीका अनुसार कृषकहरुको मागको आधारमा मकैको बिउ वितरण गरिएको छ । यसबाट मकैको उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुने केसीको भनाइ छ ।

परियोजनाले हाम्रो सारथी कृषि सहकारी संस्था लिमिटेड त्रिवेणी -१०, परिर्वतनशिल महिला कृषक समुह त्रिवेणी -४, पनालिखेत कृषि तथा पशुपन्छी फर्म त्रिवेणी -३, र लाखुरीबोट अदुवा उत्पादन कृषक समुह त्रिवेणी -४, लाई बसन्ते मकैको बिउ बितरण गरेको छ । त्यस्तै एनएमबि कृषि तथा नर्सरी उत्पादन फर्म त्रिवेणी -३, र दहबाङ साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिवेणी -३ मा आबद्ध कृषकहरुलाई पनि मकैको बिउ बितरण गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियोजनाले रुकुम पश्चिमको त्रिवेणी गाउपालिकाका १,२,३,४,८,९ र १० नम्बर वडामा बिगत १ बर्ष देखि मकैजोन बिस्तार गरि काम गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News