बजारीकरणमा समस्या हुँदा किसान मर्कामा
64x64
२०७९ भाद्र २४ शुक्रबार प्रेसपालिका संवाददाता
378 Views

रुकुम पश्चिम २४, भदौ ।

रुकुम पश्चिमका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुको बजारीकरण नहुँदा व्यवसायिक किसान मर्कामा परेका छन् । जिल्लाका कुनैपनि पालिका र सदरमुकाम मुसिकोटमा तरकारी संकलन केन्द्र नहुँदा किसान मर्कामा परेका हुन् ।

तरकारी बिक्रिका लागि सहज बजारीकरणको व्यवस्था नभएकाले वर्षेणी लाखौं रकम घाटा व्यहोर्नुपरेको किसानको भनाई छ । यसबाट किसानले उत्पादन गरेको तरकारी समेत बोटमै कुहिएर खेर जाने समस्या देखिएको छ । यहि समस्याका कारण व्यवसायिक तरकारी खेतीमा लागेका धेरैजसो किसानले पछिल्लो समय अन्य पेशा/व्यवसाय अगांल्न बाध्य भएको बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले भने किसानका लागि प्रत्येक पालिकामा तरकारी संकलन केन्द्र संचालन गर्न लागिएको बताउनुभएको छ । त्यसका लागि सबै पालिकासंग समन्वय भईरहेकाले बजारीकरणको समस्या हल हुने र किसानले उत्पादन गरेको तरकारी बोटमै कुहिएर खेर जाने समस्या अन्त्य हुने केसीको भनाई छ ।

यता मुसिकोट नगरपालिका वडानम्बर –५, बागबजारमा ३० लाख बढि रकम खर्चेर निर्माण गरिएको तरकारी संकलन केन्द्र हालसम्म सञ्चालनमा आउन सकेको छैन । यसबाट नगरपालिका भित्रका किसान प्रभावित बनेका छन् । भवन निर्माण पश्चात संधै ताला लागेर सुनसान बनेको संकलन केन्द्रको मेसिनरी वाल (पर्खाल) खस्नै थालेको छ ।

यसतर्फ मुसिकोट नगरपालिकाले तरकारी संकलन केन्द्रको विषयमा कुनै चासो देखाएको छैन । तर नगरपालिका भित्रका व्यवसायिक किसानले भने यहाँको संकलन केन्द्र तत्काल संचालन हुनुपर्ने माग राख्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News