न्यूमुनलाईट बोर्डिङ स्कुलले मनायो १८ औं वार्षिक उत्सव
64x64
२०७९ फाल्गुण ०७ आइतबार प्रेसपालिका संवाददाता
360 Views

रुकुम पश्चिम ७, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५, मा रहेको न्यूमुनलाईट सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो १८ औं वार्षिक उत्सव मनाएको छ । यही फागुन ४ गते देखि विद्यालयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको विद्यालयले आज प्रभातफेरी र मञ्चको कार्यक्रम सम्पन्न गरेको हो ।

वार्षिक उत्सवको अवसरमा विद्यालयले विद्यार्थीहरु तथा शिक्षकहरु विच विभिन्न प्रतियोगिताहरु संचालन गरेको थियो । आज मञ्चको कार्यक्रम गरि  प्रतियोगितामा स्थान हासिल गरेका प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रिन्सिपल खडक कुवरले जानकारी दिनुभयो ।

बिहान बिद्यालय बाट प्रभातफेरी सुरु गरि खंलगा वजार परिक्रमा गरि विद्यालयमा पुगेर मञ्चको कार्यक्रम सञ्चालन भएको थियो । बार्षिक उत्सव कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सामाजिक विकास समिति संयोजक एक्कबहादुर पाण्डे, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनाराम खड्का, वडा अध्यक्ष समिरजंग मल्ल लगायतको आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News