आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न
64x64
२०८१ भाद्र १३ बिहिबार प्रेसपालिका संवाददाता

आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न - प्रेस पालिका
रुकुम १२, भदौ ।
रुकुम पश्चिमको मुसिकोटमा एक दिने आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ ।
नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पतालको आयोजनामा एक दिने आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको हो।

आँखा अस्पताल रुकुम पश्चिमका इन्चार्ज धन बहादुर केसीका अनुसार मुसीकोट नगरपालिका भित्रका २२ जना स्वास्थ्यकर्मीलाई सो तालिम दिइएको छ ।

तालिममा स्वास्थ्य आँखाका लक्षण, विश्व र नेपालमा दृष्टि बिहिनको अवस्था, आँखामा लाग्ने रोगहरू र तिनको समाधान तथा आँखा स्वस्थ राख्ने उपायहरू विषयवस्तुको रुपमा राखिएको थियो ।

तालिममा एनएविपी नर्वेको आर्थिक सहयोग रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |