म एक आतंककारी !
64x64
२०८० भाद्र ०२ शनिबार प्रेसपालिका संवाददाता
204 Views

रुकुम पश्चिम २, असार ।
म एक आतंककारी !
सामन्ती राजतन्त्रको कालकोठरी भित्र
दलितहरुलाई छि: छि: र दुरदुर गरिरहेको बेला
महिलाहरुलाई दोस्रो दर्जाको नागरिक भनेर
पशु सरह बाँधिएको बेला
गरिब र निमुखा जनताहरुलाई मुठ्ठीभर शासकहरुले
साम्राज्य जमाइरहेको ठ्याक्कै त्येही बेला
जन्मिएको म एक आतंककारी !

राज्य आतंकको नाममा किलोसेरा अप्रेसन चलाएर
अबोध दिलबहादुरहरु मारिएको बेला
निर्दोष मैना सुनार जस्ता सयौं चेलीहरु
बलात्कार पछि हत्या गरिएको बेला
फरक बिचार राख्नेहरुलाई…
राज्य विरुद्धका विभिन्न झुठ्ठा मुद्दा लगाइ भूमिगत  हुन बाध्य पारिएको बेला
गरिब किसानहरुलाई..
आतंककारीको बिल्ला भिराइ
एक पछि अर्को शृङ्खलाबद्द हत्या गरिरहेको बेला
बिद्रोह रोज्ने म एक आतंककारी !

राजतन्त्रको सट्टामा गणतन्त्र रोज्ने
हिन्दु राज्यको सट्टा धर्मनिरपेक्षता रोज्ने
एकात्मक राज्यव्यवस्थाको सट्टा संघीयता रोज्ने
सबै बर्ग, क्षेत्र, लिंग र समुदायको
राज्यका हरेक अंगमा सहभागिता खोज्ने
म एक आतंककारी !

मिटरब्याज पीडितहरुले आत्मदाह रोजिरहेको बेला,
भ्रष्टाचारले सिमा नाघेको बेला
महँगीले आकाश चुमेको बेला
जनताहरु रोक, भोक, र शोकले पिरोलिएको बेला
दैनिक हजारौं युवाहरु रोजगारीको लागि बिदेशीरहेको बेला
प्रचण्ड सरकार रोज्ने
म आतंककारी ! हो, म आतंककारी हो !

तर तिमिहरु चाहिँ के ?
अहिलेसम्म कहिल्यै नउम्किने गरि डुबेको
बिधुत प्राधिकरण नाफामा गयो
आयल निगम नाफामा गयो
बायुसेवा निगम नाफामा गयो
सेयर बजार उकालो लाग्यो
श्रीलंका बन्यो …. भनेको देश नेपाल नै बन्ने भयो।
भ्रष्टाचाचारिहरु जेल गए
तस्करहरु समातिए
जालसाजी गर्नेहरूको सातो गयो
यतिबेला प्रचण्ड सरकारको विकल्प खोज्ने,
तिमिहरु कि म आतंककारी ?

नक्कली सर्टिफिकेटधारीहरु
यति र ओम्निका मतियारहरु
ललिता निवास खाने भू-माफियाहरु
नक्कली भुटानी शरणार्थीका मालिकहरु
सुनकाण्डका घोटालाहरु
नारायणहिटी बेच्ने बतासेहरु
जनताहरु कोरोनाले आक्रान्त भएको बेला
मास्क र स्यानीटाइजरमा समेत नाफा कमाउने बिचौलियाहरु
यस्तै यस्तै सयौं भ्रष्टाचारका नाइकेहरु
आतंककारी…
प्रचण्ड, नारायणकाजी, म (तुल देवकोटा) कि तिमी ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News