मुसिकोटमा रचना वाचन कार्यक्रम
64x64
२०८० श्रावन २६ शुक्रबार प्रेसपालिका संवाददाता
430 Views

रुकुम पश्चिम २६, साउन ।
रुकुम पश्चिमको मुसिकोटमा आज २४औं अन्तराष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला युवा समन्वय समिति रुकुम पश्चिमको आयोजनामा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा साहित्यकार डा. राजकुमार भुजेलले साहित्य विधाका विविध रचना मध्ये मुक्तक र गजल वाचन गर्नुभएको छ । उहाँले देशको वर्तमान सामाजिक, आर्थिक, राजनीतिक तथा बेथिति र भ्रष्टाचार विरुद्धका रचना वाचन गर्नुभएको छ । त्यस्तै केही माया प्रेम र स्नेहमा आधारित सृजना पनि पस्कनु भएको हो ।

रचना वाचन कार्यक्रममा अन्य केही सहभागी  साहित्यप्रेमीले समेत आफ्ना रचना वाचन गर्नुभएको  छ । कार्यक्रममा मिडिया पार्टनरको रुपमा मुलपाटी डटकम र कखरा डटकमले सहयोग गरेका थिए ।

चुडामणी गौतमको संचालन रहेको कार्यक्रममा भिमराज खड्काको अध्यक्षता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News