कविताः याद
64x64
२०७९ पुष २३ शनिबार प्रेसपालिका संवाददाता
2824 Views

जब,

दिनभरीको थकाई मेट्दै

पश्चिमी डाँडोमुनीवाट

दिन ढल्नै लाग्छ,

तिम्रा यादहरुको बाढी आउँछ मनमा ।

क्षितिजमा लुक्दै गरेको सूर्यमा

जब रुमानी रङ्ग मिसिएर

वातावरण लोभलागदो हुन्छ,

तिम्रा यादहरुले मलाई

वरी परीबाट घेर्छन्

पंक्षीहरु गुँड फर्किँदै गर्दा

लाग्छ तिम्रा यादहरु पनि,

साँझको झिसमिसे अँधेरोमा

बास माग्न आईपुग्छन्

तिमी आँफै भन,

कसरी तिम्रा यादहरुलाई

म बास नदिई बस्न सक्छु ?

बेला बेला तिम्रा यादहरुले मनमा

ठुलै आँधी हुरी ल्याउँछन् 

साँच्चै तिम्रा यादहरु

कति बैमानी छन् सानु ।

-टेक आर सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News