भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार
64x64
२०८१ श्रावन २७ आइतबार प्रेसपालिका संवाददाता
164 Views

रुकुम पश्चिम २७, साउन ।

भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार गरिएको रिएको छ ।

जाजरकोटको भेरी नगरपालिका १३ कुदुका २८ वर्षिय धर्मराज गिरी र नाम नखुलेका एक अर्कालाई नेपाल प्रहरीले उद्धार गरेको हो ।

प्रतक्षदर्शी नवीन बिक्रम साहका अनुसार आईतबार दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ र जाजरकोटको भेरी नगरपालिका १३ कुदु बिचको भेरी नदिमा दुई जना माछा मार्न गएका थिए ।

अविरल वर्षाको कारण भेरी नदि एक्कासी बढेपछि उनीहरु नदिको बिच भागमा रहेको टापुमा अड्किएका थिए ।

कुदुस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक देव बहादुर नेपालीको नेतृत्वमा गएको प्रहरी र नेपाली सेनाको टोलीले दुई युवाहरुको उद्धार गरेको थियो । झन्डै डेढ घण्टा उनीहरु भेरी नदिको बिच भागमा अड्किएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |