रुकुम पश्चिम १५, साउन ।
रुकुम पश्चिममा एकीकृत पुर्णलाभ कार्ययोजना सम्बनिध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा मंगलबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा अन्तरक्रिया कार्यक्रम सम्पनन भएको हो ।
कार्यक्रममा एकीकृत पूर्णलाभकारी योजना जे आर ए पि को आर्थिक सहयोग, यूएनएफपीए को प्राविधिक सहयोग र रेडक्रस ओरेक तथा आड्रा नेपाल लगायतका साझेदार संस्था मार्फत भइरहेका गतिविधिबारे जानकारी गराएको युएनएपिएका प्रतिनिधि कुस्माकर न्यौपाने ले जानकारी दिनुभयो ।
विपदको समयमा महिला बालबालिका तथा किशोरीमाथि हुने हिंसा यौन शोषण तथा दुव्र्यवहारबाट संरक्षण परामर्श तथा प्रेषण सेवामार्फत महिलामाथि हुने विभिन्न प्रकारका हिंसाहरूको अन्त्यको लागि काम भइरहेको न्यौपाने ले जानकारी दिनुभयो।
राष्ट्रिय सभाका सदस्य कृष्णबहादुर रोकायको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा जिल्ला स्थित सरोकारवाला निकायहरूको तथा कार्यालय प्रमुखहरूको उपस्थिति थियो ।