सानीभेरी र आठबिसकोटका पशु किसानलाई राहत रकम वितरण
64x64
२०८१ असार ३१ आइतबार प्रेसपालिका संवाददाता
187 Views

रुकुम पश्चिम ३०, असार ।

रुकुम पश्चिमको पशु अस्पताल तथा पशु सेवा कार्यालयले भूकम्प प्रभावित पशु किसानलाई राहत रकम वितरण गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका ७० जना पशु किसानलाई राहत रकम वितरण गरेको हो ।

 

 

कार्यालय प्रमुख शेर बहादुर खड्काले कात्तिक १७ गते जाजरकोट भूकम्पबाट पशुपंक्षीको नोक्सान व्यहोरेका पशु किसानलाई नगद रकम वितरण गरिएको बताउनुभयो । सानीभेरीका ३८ र आठबिसकोटका ३२ जना भूकम्प प्रभावित किसानलाई हिजो र आज गरि झण्डै ९ लाख बराबरको राहत रकम वितरण गरिएको छ ।

 

 

 

पशु कार्यालयले भूकम्पबाट गाइगोरु, भैंसी, भेडा बाख्रा, कुखुरा, हाँस लगायत पशुपंक्षीको नोक्सान व्यहोरेका पशु किसानलाई गाउँमै पुगेर राहत रकम वितरण गरिरहेको छ । बाँकी तीनवटा पालिकाका ९ जना पशु किसानलाई पनि यसै साता राहत रकम वितरण गरिने जानकारी दिएको छ ।

 

 

कार्यालयले यसअघि जिल्लाका भूकम्प प्रभावित पशु किसानलाई गाउँमै पुगेर औषधि तथा बाख्रा वितरण समेत गरिसकेको छ ।

 

 

भूकम्पबाट रुकुम पश्चिममा एकहजार २ सय पशु चौपायाको मृत्यु भएको थियो । त्यस्तै नौ सय ६५ गोठ भत्किंदा ३४ करोड पशु धनको क्षति भएको पशु अस्पतालको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |