रुकुम पश्चिमका उत्कृष्ट कृषकलाई पुरस्कार तथा सम्मान
64x64
२०८१ असार २० बुधबार प्रेसपालिका संवाददाता
80 Views

रुकुम पश्चिम १९, असार ।

रुकुम पश्चिमको पशु अस्पताल तथा पशु सेवा कार्यालयले आज १६ जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । चालू आर्थिक वर्ष ८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्ला स्तरका १६ जना कृषकलाई नगद रकम सहित प्रमाणपत्रले पुरस्कृत गरेको हो ।

 

 

निमित्त कार्यालय प्रमुख शेर बहादुर खड्काका अनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमबाट तीन जना र मासु उत्पादन प्रोत्साहन कार्यक्रमबाट १३ जना गरि १६ जना कृषक पुरस्कृत भएका छन् । जसअनुरुप पुरस्कृत कृषकलाई १५ देखि ५० हजारका दरले पाँच लाख १७ हजार नगद रकम उपलब्ध गराइएको छ ।

 

 

पुरस्कृत भएका उत्कृष्ट सबै कृषकलाई दोसल्ला तथा प्रमाणपत्रले समेत सम्मान गरिएको छ । पशु कार्यालयको सम्मान तथा पुरस्कारले पुरस्कृत कृषक खुसी भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News