पिपलडाँडाको विद्यालयलाई आर्थिक सहयोग
64x64
२०८१ असार ०८ शुक्रबार प्रेसपालिका संवाददाता
366 Views

रुकुम पश्चिम ७, असार ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१३, मा जन्मिएका समाजसेवी जेवी पुनले गाउँको एक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका पुनले सोही वडाको वालसेवा आधारभूत विद्यालय पिपलडाँडालाई आर्थिक सहयोग गरेका हुन् ।

 

विद्यालयका प्रधानाध्यापक धनवीर पुनका अनुसार समाजसेवी पुनले नगद ५० हजार एकसय तीस रुपैयाँ सहयोग गरेका छन् । सो रकमबाट विद्यालय व्यवस्थापन समितिले फर्निचर खरिद गर्ने निर्णय गरेको छ ।

 

जाजरकोट भूकम्पका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुगेकाले उक्त विद्यालयलाई आर्थिक सहयोग गरिएको समाजसेवी पुनको भनाइ छ । सामाजिक अभियन्ता समेत रहेका पुनले विद्यालयलाई गरेको आर्थिक सहयोगले यहाँको विद्यालयलाई ठूलो राहत मिलेको विद्यालय परिवारले बताएको छ ।

 

 

समाजसेवी पुनलाई विद्यालया परिवार र व्यवस्थापन समितिले आर्थिक सहयोग गरे बापत धन्यवाद व्यक्त गरेको छ । समाजसेवी पुन परिवार हाल छिन्चु, सुर्खेतमा स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News