१७ बर्षिय खड्कालाई ब्लड क्यान्सर,सहयोगका लागी अपिल
64x64
२०८१ असार ०६ बुधबार प्रेसपालिका संवाददाता
224 Views

रुकुम पश्चिम ४, असार ।
रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा नम्बर ११ का नविन खड्कालाई ब्लड क्यान्सर भएको छ । डेढ महिना अघि १७ बर्षिय खड्कालाई ब्लड क्यान्सर भएको पत्ता लागेपछि सहयोगको लागि अपिल गरिएको छ ।

क्यान्सर पिडित खड्काका बुवा लालसिं खड्काका अनुसार छोराको काठमाडौस्थित सिभिल अस्पतालमा उपचार भईरहेको छ । घरको जेठो छोरा गम्भिर रोगबाट संक्रमित भएपछि उहाँको परिवारमा ठुलो संकट आएको छ ।

खड्काले घरको जग्गा धितो राखेर पैसा निकालेको तर अब पैसाको अभाव रहेको बताउनुभयो । चिकित्सकले लगातार दुई वर्षसम्म उपचार गर्न सकेमा सुधार हुने बताएकोले छोरालाई बचाउन उहाँले गुहार माग्नु भएको छ ।

 

खड्का आफै पनि मुटुको रोगी हुुनुहुन्छ । अहिले पैसाको अभावमा काठमाडौको बिरानो शहरमा सहाराविहिन भएको उहाँले बताउनुभयो । आफूसँग अब छोरोको उपचार गर्न सक्ने आर्थिक रकम नभएकोले परिवारमा बिपत्र् िपर्ने पीरमा उहाँ हुनुहुन्छ । अब कहा के गर्ने हो ? उहाँलाई केई पत्तो छैन ।

पारिवारीक अवस्था कमजोर, घरको श्रोत सम्पति बेचेर उपचार गर्न सम्भव नभएकोले मनकारी व्यक्तिहरुलाई आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । नविनलाई उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले तपशिलको बैक खाता अथावा इसेवा मार्फत सहयोग गर्न सकिने जनाईएको छ ।

बिरामीका बुवाको बैंक खाता विवरण :
Name : Lalsing Khadka
bank: NIC ASIA BANK LTD, Rukum Branch

AC: B987769341524001

मोबाईल नम्वर : 9814579138
E Sewa Id 9742448348 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |