दुईजना फरार प्रतिवादी पक्राउ
64x64
२०८१ असार ०१ शुक्रबार प्रेसपालिका संवाददाता
120 Views

रुकुम पश्चिम ३२, जेठ ।
रुकुम पश्चिम प्रहरीले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रुकुम जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा कैद तोकिएका दुई जना प्रतिवादीलाई पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादी आठबिसकोट नगरपालिका -१२, का ४६ वर्षीय कर्ण बहादुर ओली पक्राउ परेका छन् । विगत चार वर्ष देखि फरार ओलीलाई बिहीवार वडानम्बर -१०, को गिजा स्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ ।

 

त्यस्तै प्रहरीले शुक्रबार बिहान सवारी ज्यान मुद्दामा एक महिना कैद सजाय तोकिएका बाँसगढी नगरपालिका -१, का २२ वर्षीय मदन परियारलाई पक्राउ गरिएको बताएको छ । निज परियारलाई मुसिकोट नगरपालिका -१, खलंगा बजारस्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

 

पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीको लागि सम्मानित अदालतमा पठाईएको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News