गाडी दुर्घटनामा तीनजनाको मृत्यु, तीन घाइते
64x64
२०८१ जेठ २८ सोमबार प्रेसपालिका संवाददाता
193 Views

रुकुम पश्चिम २८, जेठ ।

रूकुम पश्चिममा गाडी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । आइतबार राति मुसिकोट नगरपालिका -१, गिल्वाङ नजिकै गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर अन्य तीनजना घाइते भएका छन् ।

 

 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका -५, बर्दियाका २७ वर्षीय सौगात बिक, बराहताल गाउँपालिका -५, सुर्खेतका १९ वर्षीय जित बहादुर कार्की र गुर्भाकोट नगरपालिका -८ मेहेलकुना सुर्खेतका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।

 

 

त्यस्तै दुर्घटनामा बाँफिकोट गाउँपालिका -४, का १७ वर्षीय सुजन बिक, ठाकुरबाबा नगरपालिका – ५, बर्दियाका २६ वर्षीय दिलिप थापा र सोही वडाका २७ वर्षीय टिकाराम खनाल घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीको भनाइ छ ।

 

 

मुसिकोट खलंगाबाट बाँफिकोट गाउँपालिकाको छिनखेत तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०४१३ नम्वरको सानो गाडि सोलावाङ-बालुवा सडकखण्ड अन्तर्गत गिल्वाङ नजिकै दुर्घटना भएको हो ।

 

 

इन्टरनेट सेवा प्रदायक फाइबर नेट वल्र्ड लिंकको उक्त सानो गाडी सडकबाट करिब तीनसय मिटर तल खसेको बताईएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News