रुकुम पश्चिममा पहिलो पटक कम्युटर प्रविधि मार्फत मोतिबिन्दुको शल्यक्रिया
64x64
२०८१ जेठ २५ शुक्रबार प्रेसपालिका संवाददाता
279 Views

२५ जेठ शुक्रबार,

रुकुम पश्चिममा पहिलो पटक कम्युटर प्रविधि मार्फत मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । सर्जिकल आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिममा आयोजित आँखा शिविरमा बिरामीहरुको कम्युटर प्रविधि मार्फत शल्यक्रिया गरिएको हो ।

नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पतालद्धारा सञ्चालित सर्जिकल आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिममा त्रैमासिक रुपमा सञ्चालन हुदै आईरहेको सर्जिकल भिजिट अन्र्तगत पहिलो पटक कम्युटर प्रविधि मार्फत मोतिबिन्दुको शल्यक्रिया गरिएको सर्जिकल आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमका प्रमुख धन बहादुर केसीले जानकारी दिनुभयो ।

 

शिविरमा ६४ जना आँखाका बिरामीहरुले सेवा लिएका छन् । जस अन्तर्गत २१ जनाको कम्प्युटर प्रविधि मार्फत ४० जनाको साधारण प्रविधि मार्फत र ३ जनाको आँखामा मासु पलायको गरि जम्मा ६४ जनाको शल्यक्रिया सम्पन्न भएको छ ।

रुकुम पश्चिममा पहिलो पटक कम्युटर प्रविधि मार्फत मोतिबिन्दुको शल्यक्रिया - प्रेस पालिका

 

कर्णाली प्रदेशका जिल्लाहरुका बासिन्दाहरुलाई मोतिबिन्दुको शल्यक्रियामा सहुलियत दिदै दृष्टिविहिन न्युनिकरणमा सहयोग र्पुयाउने उदेश्यका साथ नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान परियोजना सुर्खेतको सहयोगमा मोतिविन्दुको कम्प्युटर प्रविधि बाट गरिने शल्यक्रियामा ५ प्रतिशत सहुलियत र साधारण प्रविधिबाट गरिने शल्यक्रियामा सत प्रतिशत सहुलियत दिईएको सर्जिकल आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमका प्रमुख केसीले जानकारी दिनुभयो ।

 

राप्ती आँखा अस्पतालको ईतिहासमा अस्पतालभन्दा बाहिर मोतिविन्दुको कम्प्युटर प्रविधि सहितको शल्यक्रिया सेवा प्रदान गरिएको यो पहिलो रहेको राप्ती आँखा अस्पतालका निमित्त प्रशाशक सालीकराम गौतमले जानकारी दिनुभयो । राप्ती आँखा अस्पतालमा भने विगत १६ बर्ष देखि मोतिविन्दुको कम्प्युटर प्रविधि सहितको शल्यक्रिया सेवा संगै आँखाको दृष्टि पर्दा, आँखाको नानी, आँखाको सौन्दर्य तथा क्यान्सर र बाल नेत्र रोग जस्ता विषय विशेषज्ञ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

 

शिविरमा राप्ती आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट एवम भिट󠄰«ो रेटिनल सर्जन डा सन्तोष सुवेदीको नेतृत्वमा रहेको प्राविधक टोलिले सेवा प्रदान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |