पत्रकार महासंघ रुकुम पश्चिमको स्मारिका २०८१ विमोचन
64x64
२०८१ जेठ २४ बिहिबार प्रेसपालिका संवाददाता
44 Views

२४ जेठ बिहीबार,

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको स्मारिका २०८१ विमोचन गरिएको छ । बुधबार महासंघको सम्पर्क कार्यालय मुसीकोटमा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले स्मारिकाको विमोचन गर्नुभएको हो ।

 

स्मारिकामा महासंघले रुकुम पश्चिमले गरेका विभिन्न गतिविधि, २०६० सालदेखि हालसम्म शाखाम आवद्ध कार्यसमितिको विवरण ,बिभिन्न व्यक्तिहरुको लेख, क्रियाशिल पत्रकारहरुको विवरण, जिल्लामा सञ्चालनमा रहेका रेडियो, अनलाइनहरुको विवरण समावेश गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

 

बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा करिब १ लाख रुपैयाँ लागतमा ५ सय प्रति स्मारिका छपाई्एको छ । स्मारिकाको व्यक्तिगत मुल्य ३ सय र संस्थागत मुल्य ७ सय तोकिएको छ ।

,

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News