मुसिकोटमा बन्यो अपाङ्गमैत्री शौचालय तथा स्नान घर
64x64
२०८१ जेठ १७ बिहिबार प्रेसपालिका संवाददाता
99 Views

रुकुम पश्चिम १७, जेठ ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा बजारमा अपाङ्गमैत्री शौचालय तथा स्नान घर निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकार र सहरी शासकीय तथा पूर्वाधार विकासको ३० लाख बढी रकमबाट एकैसाथ शौचालय र स्नान घर निर्माण गरिएको हो ।

 

 

नगरपालिकाका उपप्रमुख विमल कुमार पुनले सदरमुकाम मुसिकोटमा हालसम्म सार्वजनिक शौचालय नभएकाले पहिलोपटक अपाङ्गमैत्री शौचालय निर्माण गरिएको बताउनुभयो । हाल शौचालय र स्नान घर निर्माणको काम सकिएकाले केही दिन भित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

 

 

तर शौचालयमा शौच तथा स्नान घरमा नुहाउनका लागि यहाँको वडा कार्यालयले निश्चित मापदण्ड बनाएर शुल्क निर्धारण गर्ने भएको छ ।

 

 

यसअघि सदरमुकाम मुसिकोट बजारमा सार्वजनिक शौचालय नहुँदा शौचको समस्या हुने गरेको थियो । अब उक्त समस्या अन्त्य हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News