आगलागीबाट गत वर्ष भन्दा दोब्बरले वन क्षेत्र नोक्सान
64x64
२०८१ जेठ ०९ बुधबार प्रेसपालिका संवाददाता
113 Views

रुकुम पश्चिम ९, जेठ ।

रुकुम पश्चिममा आगलागीबाट गत वर्ष भन्दा यो वर्ष दोब्बर बढी वन क्षेत्र नोक्सान भएको छ । गत वर्ष जिल्लाभर एकहजार दुई सय ३४ हेक्टर वन क्षेत्रमा आगलागी भएकोमा यसपटक दोब्बर बढी वन क्षेत्र नोक्सान भएको हो ।

 

 

डिभिजन वन कार्यालयका अनुसार यसवर्ष जिल्लाभर २ हजार ६ सय ५१ हेक्टर वन क्षेत्र आगलागीबाट नोक्सान भएको छ । वन डढेलो तथा आगलागीका कारण १० वटा राष्ट्रिय वन र ६५ वटा सामुदायिक वन क्षेत्र नोक्सान भएका छन् ।

 

 

जसमध्ये सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा एकहजार तीनसय ६२ हेक्टर वन क्षेत्र आगलागीका कारण नोक्सान भएको छ । आगलागीबाट जिल्लाका पाँचवटा पालिकाको सबैभन्दा बढी वन क्षेत्रमा नोक्सान भएको छ ।

 

त्रिवेणी गाउँपालिकामा भने एकवटा मात्रै सामुदायिक वनमा आगलागी हुँदा एक हेक्टर वन क्षेत्र नोक्सान भएको डिभिजन वन कार्यालयले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News