रेडियो समावेशी आवाज दोस्रो वर्षमा प्रवेश
64x64
२०८१ जेठ ०४ शुक्रबार प्रेसपालिका संवाददाता
119 Views

रुकुम पश्चिम ४, जेठ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाबाट सञ्चालित  रेडियो समावेशी आवाज पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश  गरेको छ । उत्तरगंगा सञ्चार केन्द्रद्घारा सञ्चालित सामुदायीक रेडियो समावेशी आवाज १०२ मेगार्हज पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको हो ।

 

 

वार्षिक उत्सवको अवसरमा रेडियो समावेशी आवाजका स्टेशन प्रमुख गोपाल ओली र उत्तरगंगा सञ्चार केन्द्रका अध्यक्ष राजेन्द्र पुनले संयुक्त विज्ञप्ति जारी गर्दै आम श्रोता, स्थानीय सरकार, विज्ञापनदाता, सहयोगी संघ संस्था, रेडियोमा कार्यरत पत्रकार तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

 

 

 

`देशमा संघीयता कार्यन्वयन संगै स्थानीय सरकारमा सुशासन कायम गराउने अभियानमा रेडियो समावेशी आवाजको माध्यमबाट सहयोग गर्ने राम्रो कामको प्रचार प्रशार गर्ने र अनियमितताको शसक्त भण्डाफोर गर्ने अभियानलाई पनि हामीले निरन्तरता दिइरहेका छौं र दिईरहने छौं ।

 

साथै समाजिक परिर्वतन, स्थानीय मौलिक कला संस्कृतिको जर्गेना, स्थानीय प्रतिभाहरुको प्रष्फुटन, जनहीतकारी सन्देश अत्याआवश्यकिय सूचना प्रवाह जस्ता कार्यहरु निरन्तर रुपमा अगाडि बढाइरहेको छ, विज्ञप्तिमा भनिएको छ ।´

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News