पितिवाङखोलाको अवरुद्ध सडक खुला
64x64
२०८१ बैसाख ३० आइतबार प्रेसपालिका संवाददाता
324 Views

रुकुम पश्चिम -३०, बैशाख ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -११ र १२ मा पर्ने राप्ती राजमार्ग अन्तर्गत पितिवाङखोला सडक खण्ड खुला भएको छ । शनिबार दिउँसो बाढीले बगाएको स्थानमा ह्युमपाइप राखेपछि सडक खुलेको हो ।

 

आज बिहानै देखि मुसिकोट नगरपालिकाको स्काभेटर प्रयोग गरेर बाढीले बगाएको सडक खण्डको पुनः निमार्ण गरिएको मुसीकोट नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो ।

 

 

तत्कालका लागि सवारी साधनलाई आवतजावतमा सहज बनाउन खोलाको नजिकैबाट नयाँ ट्रर्याक खोलेर सडक खुलाइएको छ । शनिबार दिउँसो देखि बेलुकी सम्म आएको बाढीका कारण सवारी साधन आवतजावत अबरुद्ध भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |