ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
64x64
२०८१ बैसाख २८ शुक्रबार प्रेसपालिका संवाददाता
318 Views

रुकुम पश्चिम २८, बैशाख ।

रुकुम पश्चिममा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । आठबिसकोट नगरपालिका -१४, छेपारे नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । अन्य तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठका अनुसार मृत्यु हुनेमा सोही वडाको पिपलचौरका ट्याक्टर चालक २२ वर्षीय विकास खड्का  र १८ वर्षीय हरी आचार्य रहेका छन् । उनीहरू दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनाका घाइते तीन जनालाई उपचारका लागि चौरजहारी अस्पताल पठाइएको छ ।

 

घाइते हुनेमा आठबिसकोट नगरपालिका -१४, का २० वर्षीय चिन्ताराम शर्मा, सोही वडाका १८ वर्षीय विकास पोख्रेल र सानीभेरी गाउँपालिका -४, का १६ वर्षीय निसान बुढाथोकी रहेको प्रहरीको भनाइ छ ।

 

आठबिसकोटबाट रिम्ना जाजरकोट तर्फ जाँदै गरेको भे २ त १६६८ नम्बरको ट्याक्टर एकसय ५० मिटर तल भेरी नदीमा खसेको बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News