कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ
64x64
२०८१ बैसाख २८ शुक्रबार प्रेसपालिका संवाददाता
125 Views
रुकुम पश्चिम २८, बैशाख ।

रुकुम पश्चिम प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका -१३, एगौलीकी ४० वर्षीया हिरा बिक रहेकी छन् ।

 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार साढे दुई वर्ष देखि कर्तव्य ज्यान मुद्दामा फरार रहेकी बिकलाई दाङबाट पक्राउ गरिएको छ । उनलाई दाङको बबई गाउँपालिका -५, को हुरुमबेलीचौरमा लुकीछिपी बसेको अवस्थामा दाङ प्रहरीको समन्वयमा पक्राउ गरिएको बताइएको छ ।

 

 

निज प्रतिवादी बिकले २०७५ पुस २५ गते आफ्नै देउरानी २८ वर्षीया कल्पना नेपालीलाई घरायसी विवादमा कुटपिट गरेकी थिइन् । घाइते कल्पनाको उपचारको क्रममा ०७८ मङ्सिर १९ गते मृत्यु भएको थियो ।

 

 

त्यस लगत्तै फरार रहेकी बिकलाई प्रहरीले बिहीबार पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान थालिएको बताएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News