ट्रकको ठक्करबाट एकजनाको मृत्यु
64x64
२०८१ बैसाख १८ मंगलबार प्रेसपालिका संवाददाता
171 Views

रुकुम पश्चिम १८, बैशाख ।

रुकुम पश्चिममा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका -४, का अन्दाजी ४५ वर्षीय जय बहादुर गिरी रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान सोही गाउँपालिका -२, को सिम्रुतु बजारमा मिनी ट्रकले ठक्कर दिंदा गिरीको घटनास्थलमै मृत्यु भएको छ । दाङको तुलसीपुरबाट खुद्रा सामान लिएर खलंगा तर्फ जाँदै गरेको रा १ ख ३२१७ नम्बरको ट्रकको ब्रेक फेल भएर मोटरसाइकलमा सवार गिरीलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

 

प्रहरीले ट्रक चालक सल्यान छत्रेश्वरी घर भएका २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा स्थानीयले मिनी ट्रक तोडफोड गर्नुका साथै सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News