भेरी नदीमा डुबेर एकजना बेपत्ता 
64x64
२०८१ बैसाख १२ बुधबार प्रेसपालिका संवाददाता
122 Views
रुकुम पश्चिम -१२, बैशाख ।
रुकुम पश्चिममा आज दिउँसो भेरी नदीमा डुबेर एकजना बेपत्ता भएका छन् । चौरजहरी नगरपालिका -९, का ६१ वर्षीय नारायण खड्का नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयले आफन्तको मलामी गएका खड्काको नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएको बताएको छ । वडानम्बर -३ को रानीसागर स्थित भेरी नदिमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरीले खड्काको खोजी कार्य जारी राखेको  जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक इश्वर देव गिरीको कमाण्डमा ७ जनाको प्रहरी टोली बेपत्ताको खोजतलासमा लागेको बताइएको छ ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News