मानसिक स्वास्थ्य पैरवी संजाल गठन
64x64
२०८१ बैसाख १२ बुधबार प्रेसपालिका संवाददाता
151 Views

रुकुम पूर्व १२, बैशाख ।

रुकुम पूर्वमा मंगलबार मानसिक स्वास्थ्य पैरवी संजाल गठन गरिएको छ । उपेन्द्रलाल कामीको संयोजकत्वमा नेपाल जनजागरण मञ्चको सदस्य सचिव रहने गरी ९ सदस्यीय मानसिक स्वास्थ्य पैरवी संजाल गठन गरिएको हो ।

नेपाल जनजागरण मञ्चको पहल तथा रुकुम पूर्व स्थित सरोकारवाला निकायको सहभागितामा संजाल गठन गरिएको हो । मानसिक स्वास्थ्य सवाललाई समुदाय तथा जिल्ला तह‌मा प्रवाह तथा पैरवी गर्ने उद्देश्यले संजाल गठन गरिएको नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारीले जानकारी दिनुभयो । उहाँका अनुसार ओझेलमा परेको सेवालाई नीतिगत र व्यवहारीक रुपमा पैरवी गर्न संस्थाले संजाल गठन गरेको बताइएको छ ।

 

नेपाल जनजागरण मन्चले रुकुम पूर्व र पश्चिममा मानसिक स्वास्थ्य सम्बन्धी विगत १६ बर्षदेखी काम गर्दै आएको छ । रुकुम पश्चिममा भने यस अगाडी नै संजाल गठन भैसकेको छ ।

रुकुम पुर्वकाे हाेटेल विएलवीमा भएकाे कार्यक्रममा
गैरसरकारी संघ, पत्रकार, नागरिक समाज, लाभग्राही शिक्षक  लगायत २५ जनाको सहभागिता रहेको थियो ।  संजालले जिल्ला तथा पालिका तहमा पैरवी गर्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |