शैक्षिक सत्र सुरु नहुँदै आइपुगे पाठ्यपुस्तक
64x64
२०८० चैत्र २६ सोमबार प्रेसपालिका संवाददाता
1068 Views

रुकुम पश्चिम २६, चैत ।

यसवर्षको शैक्षिक सत्र सुरु नहुँदै रुकुम पश्चिमका विद्यालयमा पाठ्यपुस्तक आइपुगेका छन् । सरकारले देशका सबै विद्यालयमा शैक्षिकसत्र सुरु नहुँदै विद्यार्थीको हात-हातमा किताब पुर्याउने अभियान अनुसार जिल्लामा समयमै पाठ्यपुस्तक आइपुगेका हुन् ।

 

 

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तारा प्रकाश पुनले यसपटक जिल्लामा पाठ्यपुस्तक आइपुगेर पनि केही विद्यालयमा पुगिसकेको बताउनुभयो । केही विद्यालयमा पाठ्यपुस्तक पठाउने काम चलिरहेको उहाँको भनाइ छ ।

 

 

तर के कति संख्यामा पाठ्यपुस्तक आइपुगे भन्ने एकिन तथ्यांक अहिले नै नभएको बताइएको छ । हाल जिल्ला स्थित सबै पालिकाका सामुदायिक र संस्थागत विद्यालयमा जनक शिक्षा सामग्रीको आधिकारिक डिपो मार्फत पाठ्यपुस्तक पठाउने काम चलिरहेको छ ।

 

 

रुकुम पश्चिममा हाल सामुदायिक र संस्थागत गरि तीनसय ८ विद्यालय सञ्चालनमा रहेका छन् । गत वर्ष पनि रुकुम पश्चिममा शैक्षिकसत्र सुरु नहुँदै जिल्लाका सबै सामुदायिक विद्यालय र संस्थागततर्फ ८ देखि १० कक्षाका केही अनिवार्य पाठ्यपुस्तक चैत अन्तिम सातामा आइपुगेका थिए ।

 

यसवर्ष बैशाखको पहिलो दुई साताको विद्यालय भर्ना अभियान पछि विद्यार्थीले हात-हातमा पाठ्यपुस्तक प्राप्त गर्नेछन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News