पितिवाङ पुल अलपत्र पार्ने ठेकेदारलाई कार्वाही गर्ने चेतावनी
64x64
२०८० चैत्र १६ शुक्रबार प्रेसपालिका संवाददाता
403 Views

रुकुम पश्चिम १६, चैत ।
पितिवाङखोला पुल अलपत्र पार्ने ठेकेदार कम्पनी माथि सडक डिभिजन चौरजहारीले कार्वाही प्रक्रिया शुरु गर्ने चेतावनी दिएको छ । शुक्रवार समाजवादी मोर्चाको ज्ञापनपत्र बुझ्दै सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्बी शर्माले पुलको काम शुरु नगरे ठेकेदार कम्पनी संरक्षण निर्माण सेवामाथि कार्वाही गर्ने तयारी भएको जानकारी दिनुभयो ।

 

 

आयोजनाको म्याद थप गर्नको लागि समेत कम्पनीले हालसम्म आधार र औचित्य खुल्ने गरी काम नगरेकोले म्याद ठेक्का नथपिएको शर्माले बताउनुभयो । विगत ४ वर्षदेखि अलपत्र पारिएको पुल निर्माणको काम यथाशिघ्र शुरु गराउन दबाब दिने उद्देश्यले समाजवादी मोर्चाले शुक्रवार सडक डिभिजन चौरजहारीमा धर्ना दिएको थियो ।

 

 

धर्ना कार्यक्रमले छिटो छरितो काम गर्न आफूहरुलाई पनि उत्प्रेरणा मिलेको भन्दै डिभिजनल ईञ्जिनियर शर्माले पितिवाङ पुल बारे चाँडै नै वार कि पार निर्णय हुने बचन दिनुभयो ।

 

मोर्चाले यसअघि गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । चैत्र ११ गते पुल निर्माणस्थलमा बबाव कार्यक्रम गरेको मोर्चाले चैत्र १५ गते जिल्ला प्रशासनमा धर्ना दिएको थियो । पुल निर्माणको काम तत्काल शुरु नगरे अब ठेकेदार कम्पनीसहित सम्बन्धित सरकारी निकायका विरुद्ध सशक्त आन्दोलनका कार्यक्रम तय गरिने समाजवादी मोर्चाका संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।

 

राप्ति लोकमार्ग अन्तरगत रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित पितिवाङ्ग खोलामा २०७८ बैशाख ७ गतेभित्र पुल निर्माण गर्नेगरी संरक्षण निर्माण सेवा प्रालि चितवन र सडक डिभिजन चौरजहारीबिच २०७६ असार ८ गते सम्झौता भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |