एकसय बढी क्षयरोगका बिरामी उपचाररत
64x64
२०८० चैत्र १२ सोमबार प्रेसपालिका संवाददाता
263 Views

रुकुम पश्चिम १२, चैत ।

रुकुम पश्चिममा एकसय १२ जना क्षयरोगका बिरामीहरु उपचाररत रहेका छन् । चालु आर्थिक बर्ष २०८०/८१ मा जिल्लामा एकसय १२ जना क्षयरोगका बिरामीहरु रहेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

 

सोमबार जिल्ला सदरमुकाम मुसिकोटमा पत्रकार सम्मेलन गदै कार्यालयले चालु आर्थिक वर्षको साउन १ गते देखि फागुन मसान्तसम्म एकसय १२ जना क्षयरोगका बिरामी भेटिएको स्वास्थ्य सेवा कार्यालयका क्षयरोग फोकल पर्सन कृष्णा खड्काले जानकारी दिनुभयो ।

 

राष्ट्रिय क्षयरोग सर्वेक्षणको सर्वे अनुसार जिल्लामा क्षयरोगका बिरामीहरु धेरै हुनसक्ने भएतापनि स्वास्थ्य संस्था तथा उपचारको दायरामा भने कमै मात्र आउने गरेको पाईएको छ । स्वास्थ्यकर्मीको निगरानीमा नियमित उपचार गराए यो रोग पूर्ण रुपमा निको हुने भएपनि यसबारेमा जानकारी नहुँदा धेरै बिरामीहरु उपचारको दायरामा आउन नसकेको फोकल पर्सन खड्काले बताउनुभयो ।

 

क्षयरोग ‘माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ ।

 

 

जिल्लामा क्षयरोग उपचार तथा व्यवस्थापनका लागि ३२ वटा डट्स केन्द्र, ४ वटा माईक्रोसकोपी केन्द्र, १ वटा जिनएक्सपर्ट केन्द्र र १ वटा डिआर सब सेन्टर सञ्चालनमा रहेको क्षयरोग तथा कुष्ठरोग फोकल पर्सन खड्काले जानकारी दिनुभयो । क्षयरोगको उपचार निशुल्क हुने गर्दछ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |