अफिम खेती नष्ट
64x64
२०८० चैत्र ०९ शुक्रबार प्रेसपालिका संवाददाता
899 Views

रुकुम पश्चिम ९, चैत ।

रुकुम पश्चिममा अवैध रुपमा लगाईएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले विभिन्न मितिमा जिल्लामा ९५ रोपनीमा लगाएको अवैध लागुऔषध अफिम खेती फडानी तथा नष्ट गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्लाको आठबिसकोट नगरपालिका वडानम्बर -१, स्याला र वडानम्बर -२, कालजुरा भन्ने स्थानमा ६० रोपनी जग्गामा लगाएको अवैध लागुऔषध अफिम नष्ट  गरिएको छ ।

त्यस्तै सानीभेरी गाँउपालिका वडानम्बर -३, तिमिले, कमैदे र काफिगैरा भन्ने स्थानमा २९ रोपनी, मुसिकोट नगरपालिका वडानम्बर -८, को घोरखानीमा एक रोपनी र आठबिसकोट नगरपालिका वडानम्बर -३, दाङ भन्ने स्थानमा पाँच रोपनी गरी जम्म ९५ रोपनी जग्गामा लगाईएको अवैध लागुऔषध अफिम खेती फडानी तथा नष्ट गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News