बैंकिङ कसुर आरोपमा फरार एकजना पक्राउ
64x64
२०८० चैत्र ०९ शुक्रबार प्रेसपालिका संवाददाता
1141 Views

रुकुम पश्चिम ९, चैत ।

रुकुम पश्चिममा बैंकिङ कसुर आरोपमा फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आठबिसकोट नगरपालिका -९, राडी बजारमा रहेको प्रभु बैंक लिमिटेड शाखाको एक करोड बढी रकम अपचलन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको हो ।

 

प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार पक्राउ पर्नेमा सोही वडाका ३१ वर्षीय निरज विक्रम शाह रहेका छन् । आरोपी शाहलाई बिहिवार बिहान नेपालगन्ज उपमहानगरपालिका -१५, जमुनाहबाट पक्राउ गरिएको हो । प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले बाँके प्रहरी संग समन्वय गरेर निज शाहालाई खोजतलासको क्रममा पक्राउ गरिएको बताइएको छ ।

 

 

पक्राउ परेका आरोपी शाहलाई सोही दिन सम्मानित उच्च अदालत बिरेन्द्रनगर सुर्खेतबाट ७ दिनको म्याद थप गरि रुकुम पश्चिमको प्रहरी हिरासतमा राखेर अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

 

आरोपी शाहले गएको माघ महीनामा आठबिसकोट नगरपालिकाको खाताबाट एक करोड ३१ लाख २५ हजार रकम अनाधिकृत रुपमा अपचलन गरेका थिए । उनले नगरपालिकाको चेकबाट माघ ७ गते २९ लाख रुपैयाँ र माघ १७ गते ७८ लाख ७५ हजार रुपैयाँ अपचलन गरेका थिए ।

त्यस्तै माघ १९ गते २३ लाख ५० हजार रकम अपचलन गरेका थिए । शाहले अपचलन गरेको रकम मिटर व्याजमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

 

सो रकम दुरुपयोग लगत्तै फरार रहेका शाहलाई करिब डेढ महीना पछि प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।

 

पक्राउ परेका शाह राडी बजारमा रहेको प्रभु बैंकमा अप्रेशनल इन्चार्जको रुपमा कार्यरत थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |