रुकुम पश्चिम ५, चैत ।
रुकुम पश्चिमको राष्ट्रिय भूमि आयोगले दुई वर्षको अवधिमा दुई हजार बढी भूमि हीनलाई निस्सा वितरण गरेको छ । जिल्लाका दुई हजार एकसय ६७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको हो ।
राष्ट्रिय भूमि आयोगका जिल्ला संयोजक मीन बहादुर ओलीका अनुसार मुसिकोट नगरपालिका बाहेक पाँच वटा पालिकाका भूमिहीनलाई निस्सा प्रदान गरिएको छ । जसमध्ये ३४ जना भूमिहीन सुकुम्बासी, ९३ जना भूमिहीन दलित र दुईहजार ४० जना अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको छ । निस्सा प्राप्त गर्ने भूमिहीनमा सबैभन्दा बढी आठविसकोट नगरपालिकाका रहेका छन् ।
मुसिकोट नगरपालिकाका ५३ जना भूमिहीनको भने लागत संकलन गरि सकिएको छ । निस्सा वितरणको प्रक्रिया चालू वर्षमै गरिने बताइएको छ ।
त्यस्तै राष्ट्रिय भूमी आयोगले हाल वडा स्तरबाट भूमिहीन दलित र सुकुम्बासीलाई उपलब्ध गराइने जग्गाको छनोट र प्रतिवेदन निर्माण गर्ने काम भैरहेको बताएको छ ।