विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तक्रिर्या
64x64
२०८० चैत्र ०२ शुक्रबार प्रेसपालिका संवाददाता
166 Views

रुकुम पश्चिम २, चैत ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा आज विश्व उपभोक्ता अधिकार दिवस मनाईएको छ । “स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ताको अधिकार” नारा सहित अन्तरक्रिया तथा छलफल कार्यक्रम गरी दिवस मनाईएको हो ।

 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजनामा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रममा ऊपभोक्ता, वस्तु, उत्पादन, बिक्रेताको दायित्व, वस्तु वा सेवाको गुणस्तर, उपभोक्ताको अधिकार लगायतका विषयमा अन्तरक्रिया गरिएको कार्यालय प्रमुख मान बहादुर खत्रीले जानकारी दिनुभयो ।

 

त्यस्तै जाचबुझ, निरक्षण  र अनुगमन सम्बन्धी व्यवस्था, उपभोक्ता कसरी ठगिन्छन, कसुर र सजाय सम्बन्धी कार्यक्रममा जानकारी गराईएको थियो ।

 

उद्योग तथा ऊपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख मान बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया तथा छलफल कार्यक्रममा जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News