सूचना विभागको घुम्ती शिविर सम्पन्न
64x64
२०८० चैत्र ०१ बिहिबार प्रेसपालिका संवाददाता
239 Views

रुकुम पश्चिम १, चैत ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सञ्चालित भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्याम र सञ्चारकर्मीहरुको लागि घुम्ती शिविर तथा पत्रकार क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको सहकार्यमा तीन दिने कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

 

 

भूकम्प प्रभावित क्षेत्रका संचार माध्याम र संचारकर्मीहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा संचार माध्यम दर्ता, नवीकरण, प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण लगायत सेवा दिईएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

 

शिविरमा तीन वटा अनलाईन दर्ता तथा नविकरण गरिएको छ । रुकुमपश्चिम, जाजरकोट र सल्यान जिल्लाका ११ जना पत्रकारहरुलाई प्रेस पास उपलब्ध गराईएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

 

 

तीनै जिल्लाका ६५ जना पत्रकारहरुलाई त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. विजयराज मिश्रले विपद्मा पत्रकारिता, स्थलगत रिपोर्टिङ, तथ्यहरुको खोजी शैली, न्यु मिडियाको प्रयोग, समाचार शैली, बिद्यागत पत्रकारिता लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।

 

 

घुम्ती शिविर तथा क्षमता अभिबृद्धि कार्यक्रममा विभागका महानिर्देशक शंकर नेपाल, निर्देशक भरत गौतम, शाखा अधिकृत टेक बहादुर ओली, पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |