रुकुम पश्चिम २२, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ घर भई हाल जापानमा रहनुभएका नरेश ओलीले जिल्ला कारागार रुकुम पश्चिमका कैद बन्दीलाई फलफूल वितरण गर्नुभएको छ । जन्म दिनको अवसरमा कारागारमा रहेका कैदी बन्दीलाई फलफूल वितरण गरिएको हो ।
विगत ६ वर्षदेखि रोजगारीको सिलसिलामा जापान रहनुभएका ओलीले जिल्ला कारागार रुकुम पश्चिमका एक सय ५० कैदी बन्दीलाई पुग्ने गरी फलफूल वितरण गर्नुभएको हो । जन्मदिनको अवसरमा ओलीले कारागारमा रहेका कैदी बन्दीलाई १५ हजार बराबरको केरा, स्याउ, अङ्गुर लगायतका फलफूल वितरण गरिएको बत्ताएको छ ।
विगत ६ वर्षदेखि रोजगारीको सिलसिलामा जापान रहनुभएका ओलीले जापानमा क्यात्यो जक्सन रेष्टुरेन्ट खोलेर व्यवसायमा सक्रिय उहाँ सामाजिक सेवामा पनि सक्रिय हुनहुन्छ ।
फलफूल वितरणको सहजिकरण प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष तथा रेडियो सानीभेरीका बजार व्यवस्थापक देवकुमार ओलीले गर्नुभएको थियो ।