मानसिक स्वास्थ्य सम्बन्धी पैरवी बैठक सम्पन्न
64x64
२०८० फाल्गुण १२ शनिबार प्रेसपालिका संवाददाता
276 Views

रुकुम पूर्व १२, फागुन ।

रुकुम पुर्वको सिस्ने गाउँपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी पैरवी बैठक सम्पन्न भएको छ । नेपाल जनजागरण मञ्चको आयोजना र यु एम एनको सहयोगमा बैठक सम्पन्न भएको हो ।

मानसिक स्वास्थ्य सेवा विस्तार प्रबद्दन र प्रभावकारी वनाउन पैरवी बैठक गरिएको  नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारीले जानकारी दिनुभयो ।

 

बैठकमा जिल्लामा मानसिक स्वास्थ्यको अवस्था, पहिचान भएका विरामीको उपचार पद्धति वा पहुँच वृद्धि, औषधीको व्यवस्थापन लगायतको विषयमा छलफल भएको अध्यक्ष कुसारीले जानकारी दिनुभयो ।

 

साथै जिल्ला अस्पताल रुकुम पुर्वमा मानसिक स्वास्थ्य हेर्न मेडीकल अधिकृतलाई फोकल पर्सन तोक्ने र जिल्लामा रहेको जनशक्तिलाई परिचालन गर्ने जिल्ला अस्पताल रुकुम पुर्वले प्रतिबद्धता समेत जनाएको छ ।नेपाल जनजागरण मञ्चले २ वटा पालिकामा परियोजना संचालन पश्चात ४९२ जना मानसिक स्वास्थ समस्या भएका विरामीको संख्या रेहेको  रेकर्डमा रहेको छ ।

 

संस्थाका कार्यक्रम व्यवस्थापक रण वहादुर परियार को संचालन रहेको बैठकको को पि सी मोहन खड्‌काले  प्रस्तुतीकरण गर्नुभएको थियो ।

 

संस्थाका अध्यक्ष टेक बहादुर कुसारीको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति रुकुम पुर्वका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै भुमे गाऊपालिका अध्यक्ष  होम बहादुर श्रेष्ठ , सिस्ने गाऊपालिका अध्यक्ष कृष्ण रेग्मी ,जिल्ला अस्पताल प्रमुख सरकारी तथा गैर सरकारी निकायका प्रमुख हरुको सहभागिता रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |