हत्या आरोपमा एकजना पक्राउ
64x64
२०८० फाल्गुण ११ शुक्रबार प्रेसपालिका संवाददाता
503 Views

रुकुम पश्चिम ११, फागुन ।

रुकुम पश्चिममा शुक्रबार हत्या आरोपमा एकजना युवा पक्राउ परेका छन् । मुसिकोट नगरपालिका -१२, का २३ वर्षीय डिल्लीरमण खड्का हत्या आरोपमा पक्राउ परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार सोही वडाको जुम्लावाङ बस्ने ५१ वर्षीय हस्तराम खड्काको हत्या आरोपमा डिल्लीरमणलाई पक्राउ गरिएको छ । आज बिहान बैगारी ठाँटी देखि त्रिवेणी तर्फ जाने सडक बाटोको छेउमा हस्तराम मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा समेत चोट लागेका कारण घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा डिल्लीरमनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

 

प्रहरीले दिएको जानकारी अनुसार निज आरोपीले प्रारम्भिक अनुसन्धानका क्रममा हस्तरामको हत्या गरेको स्वीकार गरेका छन् । सामान्य विवाद पश्चात् उतिसको काठको मुढाले टाउकोमा प्रहार गरि उनको हत्या गरेको आरोपीले स्वीकार गरेको प्रहरीको भनाइ छ ।

 

आरोपी डिल्लीरमनलाई रगत जस्तो देखिने रातो पदार्थ लागेको चप्पल सहित प्रहरीले पक्राउ गरेको छ । निजलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको बताइएको छ ।

 

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Edith1835
Edith1835
7 months ago

Ace of Base — шведская поп-группа, образованная в 1990 году. Их музыкальный стиль сочетает в себе элементы поп-музыки, дэнса и электроники. Группа стала популярной благодаря хитам “All That She Wants”, “The Sign”, “Don’t Turn Around” и “Beautiful Life”. Эти композиции не только покорили чарты во многих странах мира, но и остаются классикой жанра до сих пор. Ace of Base оставили неизгладимый след в истории поп-музыки, их мелодии до сих пор радуют слушателей по всему миру. Скачать музыку 2024 года и слушать онлайн бесплатно mp3.

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |