बौलाहा कुकुरमा देखियो रेबिज एन्टिजेन पोजिटिभ
64x64
२०८० फाल्गुण ०५ शनिबार प्रेसपालिका संवाददाता
2333 Views

रुकुम पश्चिम ५, फागुन ।

रुकुम पश्चिममा आज बिहान नौ जना मान्छेलाई टोकेको बौलाहा कुकुरमा रेबिज एन्टिजेन परिक्षण गर्दा पोजिटिभ देखिएको छ । मुसिकोट नगरपालिका -२ रातमाटाका स्थानीय नौ जनालाई टोकेको कुकुरमा एन्टिजेन परिक्षण गर्दा पोजिटिभ देखिएको हो ।

 

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार मान्छेलाई टोकेर मृत भेटिएको बौलाहा कुकुरको रेबिज एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको छ । कुकुरमा एन्टिजेन पोजिटिभ देखिएपछि मृत कुकुरको टाउको काटेर थप परिक्षणका लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ ।

 

कुकुरले ६ जना पुरुष र तीन महिला सहित एकवटा भैंसी र दुईवटा कुकुरलाई टोकेको थियो । मान्छेलाई टोकेको सूचना पाउनासाथ पशु अस्पतालका प्रमुख शेर बहादुर खड्का सहित डाक्टर जयन्त महत, रिम बहादुर खड्का, नगरपालिका पशु शाखा प्रमुख सरस्वती सापकोटाको टोलीले मृत कुकुरको रेबिज एन्टिजेन परिक्षण गरेको हो ।

 

बौलाहा कुकुरलाई मुसिकोट नगरपालिकाको नगर प्रहरीको सहायतामा खाल्डोमा गाडिएको बताइएको छ ।

 

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Clifton2066
Clifton2066
9 months ago

Ace of Base — шведская поп-группа, образованная в 1990 году. Их музыкальный стиль сочетает в себе элементы поп-музыки, дэнса и электроники. Группа стала популярной благодаря хитам “All That She Wants”, “The Sign”, “Don’t Turn Around” и “Beautiful Life”. Эти композиции не только покорили чарты во многих странах мира, но и остаются классикой жанра до сих пор. Ace of Base оставили неизгладимый след в истории поп-музыки, их мелодии до сих пор радуют слушателей по всему миру. Скачать музыку 2024 года и слушать онлайн бесплатно mp3.

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |