अर्गानिक खेती सचेतना तालिम सम्पन्न
64x64
२०८० फाल्गुण ०२ बुधबार प्रेसपालिका संवाददाता
299 Views

रुकुम पश्चिम २, फागुन ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८, घोरखानीमा एकदिने अर्गानिक खेती सचेतना तालिम सम्पन्न भएको छ । मुसिकोट नगरपालिका कृषि विकास शाखाको आयोजनामा बुधबार सचेतना तालिम सम्पन्न भएको हो ।

 

 

नगर उपप्रमुख विमल कुमार पुन मगरले नगरपालिकाका दुई वटा वडालाई अर्गानिक खेती क्षेत्र घोषणा गरिएकाले सचेतना तालिम दिइएको बताउनुभयो । रासायनिक मलको विस्थापन गरि जैविक मलको प्रयोग मार्फत अर्गानिक उत्पादनमा जोड दिने उदेश्यले किसानलाई तालिम दिइएको उहाँको भनाइ छ ।

 

 

तालिममा बोल्दै उपप्रमुख पुनले घोरखानीका किसानलाई अबदेखि रासायनिक मल प्रयोग नगर्न आग्रह गर्नुभएको छ । `रासायनिक मलले उत्पादनमा वृद्धि त होला, तर त्यसले मानव स्वास्थ्यलाई ठूलो असर पुग्छ । त्यसकारण अर्गानिक खेतीमा ध्यान दिनुस् । तपाईंहरुले उत्पादन गरेको कृषि उपज वस्तु नगरपालिकाले संकलन गर्छ । बजारीकरणको व्यवस्था मिलाउँछ, उहाँले भन्नुभयो ।´

 

 

त्यस्तै वडा अध्यक्ष जय बहादुर थापाले पनि तालिमको मर्म अनुसार अर्गानिक खेतीमा लाग्न सबै वडाबासीलाई अनुरोध गर्नुभएको छ । एक दिने सचेतना तालिममा कृषि विज्ञ सहितको उपस्थितिमा किसानलाई जैविक औषधि समेत वितरण गरिएको छ । सचेतना तालिममा घोरखानीका २५ बढी किसानको उपस्थिति रहेको थियो ।

 

 

यहाँको मुसिकोट नगरपालिकाले वडानम्बर ८ र १० लाई अर्गानिक खेती क्षेत्र घोषणा गरेको छ ।

 

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Courtney3026
Courtney3026
6 months ago

Ace of Base — шведская поп-группа, образованная в 1990 году. Их музыкальный стиль сочетает в себе элементы поп-музыки, дэнса и электроники. Группа стала популярной благодаря хитам “All That She Wants”, “The Sign”, “Don’t Turn Around” и “Beautiful Life”. Эти композиции не только покорили чарты во многих странах мира, но и остаются классикой жанра до сих пор. Ace of Base оставили неизгладимый след в истории поп-музыки, их мелодии до сих пор радуют слушателей по всему миру. Скачать музыку 2024 года и слушать онлайн бесплатно mp3.

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |