रुकुम पश्चिम २३, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका विभिन्न वडाहरुमा भुकम्प प्रभावितहरुको लागि न्यानो कपडा वितरण गरिएको छ । नेपाल ख्रीष्टिय राहत सेवा कुमारपाटी ललितपुरले भुकम्प प्रभावितहरुको लागि राहत बिवतरण गरेको हो ।
कात्तिक १७ गतेको जाजरकोट भुकम्पका कारण पुर्ण तथा आशिंक क्षति भई विस्थापित भएका मुसिकोट नगरपालिकाका ७ वटा वडाका ६ सय ७० भुकम्प प्रभावितहरलाई ब्लाङकेट बितरण गरिएको नेपाल ख्रीष्टिय राहत सेवाका कोषाध्यक्ष मुकुन्द शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार नगरपालिका अन्तर्गत १, ४, ५, ६, ८, ९ र ११ नम्बर वडामा राहत वितरण गरिएको हो ।
स्थानीय वडा, पालिका, प्रहरी र विशेषज्ञहरुको संयुक्त टोलीको निरीक्षण पश्चात प्रभावित सुचीको नामावलीमा समावेश भएका लाभान्वित घर परिवारलाई राहत वितरण गरिएको बताइएको छ ।
मुसिकोट र त्रिवेणीको क्षतिको विषयमा ठूला मिडियामा चर्चा नभएका कारण अन्य संघसंस्था राहत वितरणका लागि यि पालिकामा उपस्थिति नभएकोले पनि यस संस्थाले राहत वितरणका लागि यस पालिकालाई विशेष ग्राहयता दिएको नेपाल ख्रीष्टिय राहत सेवाका कोषाध्यक्ष शर्माले बताउनुभयो ।
रातह वितरण कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र्र केसीले जाजरकोट, आठविसकोट, सानीभेरी, त्रिवेणी जस्तै यस नगरपालिकामा मानविय क्षति नभएता पनि भौतिक क्षति भएको तर दात्तृ निकायवाट यस पालिकामा राहत नआएको कारण यस संस्थालाई अनुरोध गर्ने वितिकै सर्वेक्षण गरी यो न्यानो कम्बल वितरण गरेकोमा धनयवाद व्यक्त गर्नुभयो ।
साथै भुकम्प पछि नेपाल ख्रीष्टिय राहत सेवाले आठविसकोट नगरपालिकाका १ हजार ४ सय ८९ प्रभावित घरधुरी, त्रिवेणी गाउपालिकाका १ हजार ९ सय ५० परिवारलाई र मुसिकोट नगरपालिका वडानम्बर १४ का २ सय २२ परिवारलाई पनि अति आवश्यक पिफम, कम्बल, त्रिपाल, पोषक लिटो, टेण्ट, किचेन सेट, झुल लगाएतका राहत सामाग्री वितरण गरेको थियो ।