पत्रकार केसीलाई डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
64x64
२०८० माघ २२ सोमबार प्रेसपालिका संवाददाता
1263 Views

रुकुम पश्चिम २२, माघ ।

रुकुमका क्रियाशिल पत्रकार महेश केसीलाई यस बर्षकाे ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । साेमबार प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केसीलाई उक्त पुरस्कार प्रदान गर्नुभएकाे हाे ।

नेपाल पत्रकार महासघ रुकुम पूर्वका उपाध्यक्ष समेत रहनु भएका केसी हाल कान्तिपुर मिडिया ग्रुपमा कार्यरत हुनुहुन्छ । प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवसको अवसरमा ६ जनालाई सम्मान गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News