सानीभेरी -५ का वडा अध्यक्षको मृत्यु
64x64
२०८० माघ २२ सोमबार प्रेसपालिका संवाददाता
601 Views

रुकुम पश्चिम २२, माघ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -५, का वडा अध्यक्ष अल बहादुर खनालको मृत्यु भएको छ । उपचारको क्रममा आज बिहान काठमाडौंको मेडिसिटी अस्पतालमा उहाँको निधन भएको हो ।

 

कलेजो, फोक्सो र मृगौलाबाट ग्रसित भइ केही दिन अघिबाट भेन्टिलेटरमा उपचार गराइरहेका वडा अध्यक्ष खनालको निधन भएको पारिवारिक श्रोतले बताएको छ । दोस्रो स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित ४१ वर्षीय वडा अध्यक्ष सो पार्टीको वडा सभापति समेत रहेका थिए ।

 

मृतकका दुई छोरा र एक श्रीमती छन् । मृतक खनालको शबलाई गृह जिल्ला ल्याएर अन्तेष्टी गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News