रुकुम पश्चिम २१, माघ ।
रुकुम पश्चिमको सानीभेरी गाँउपालिकाको चौधौं गाँउ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । आइतबार सहिद स्मृति भवन सिम्लीमा बसेको गाउँ सभाबाट विभिन्न प्रस्ताव तथा बिधेयकहरु पारित गर्दै गाँउसभा सम्पन्न भएको हो ।
सभाले बिधायन समितिका संयोजक कुल बहादुर बुढाले प्रस्तुत गर्नुभएको अपांगता भएका व्यक्तिहरु अधिकार संरक्षण प्रवर्धन र कार्यान्वयन सम्बन्धी बिधेयक २०८० र दलित समुदायको अधिकार संरक्षण प्रर्वधन र कार्यान्वयन सम्बन्धी बिधेयक २०८० पास गरिएको छ ।
त्यस्तै वन तथा वातावरण व्यवस्थापन समितिका संयोजक पहलसिं घर्ती मगरले पेश गर्नुभएको सानीभेरी गाँउपालिका वन बिधेयक २०८० र सामाजिक विकास समितिका संयोजक शेर बहादुर खड्काले पेश गर्नुभएको शिक्षा ऐन पहिलो संसोधन विधेयक २०८० पास भएको छ ।
यसैगरी सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले पालिकाको आर्थिक वर्ष ८०/८१ को बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी कार्यक्रम तथा लेखा समितिका संयोजक टेक बहादुर पुनले पेश गर्नुभएको आर्थिक बर्ष ८०/८१ को साउन देखि पुस ३० गते सम्मको आय व्यय सार्वजनिकिकरण तथा प्रगति समिक्षा कार्यक्रम र आर्थिक वर्ष ७९/८० को आर्थिक कारोबारको अन्तिम लेखापरिक्षण प्रतिवेदन पनि सभाले पास गरेको छ ।
सुशासन समितिका संयोजक जगदिश नकालले स्थानीय तह संस्थागत क्षमता स्व मुल्याङकन र स्थानीय तह वित्तीय जोखिम सुशासन स्व मुल्याङकन र स्थानीय आर्थिक विकासको नतिजा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । सानिभेरी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाँउसभाका सचिव दिपक बुढाथोकीले गाँउ कार्यपालिकाले सिर्जना गरेका करार शिक्षक तथा कर्मचारीहरुको दरबन्दी अनुमोदन र सानीभेरी गाउँपालिका, नगर कार्यपालिका, विषयगत समिति र अन्य विभिन्न समितिहरुले २०७९ साउन १ गते देखि हालसम्म विभिन्न मितिमा बसेको बैठकले पारित गरेका विवि धकार्यक्रम, रकामान्तर, नियम, कार्यविधि, निर्देशिका र अन्य मापदण्ड अनुमोदनको लागि सभामा पेश गर्नुभएको थियो ।
गाँउपालिकाको सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख सभाबाट अनुमोदनको लागि आर्थिक विकास समितिका संयोजक भुपालसिं ओलीले पेश गर्नुभएको थियो ।
सानीभेरी गाँउपालिका वडानम्बर -४ का वडा अध्यक्ष मनोज बुढाथोकीले आर्थिक बर्ष २०८०/८१ मा स्थानीय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिका निर्णहरु अनुमोदनका लागि सभामा पेश गर्नुभएको थियो ।
पालिकाले हिउँदे र बर्खे गरि वर्षमा कम्तीमा पनि दुई वटा अधिवेशन गर्नुपर्छ ।