अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो
64x64
२०८० माघ २० शनिबार प्रेसपालिका संवाददाता
295 Views

निराजन सिर्पाली 

रुकुम पूर्व २०, माघ ।

बिहिबार बिहानै देखि परेको वर्षासँगैको हिमपातको कारण अवरुद्ध मध्यपहाडी राजमार्ग खुलेको छ । रुकुम पूर्व र रुकुम पश्चिमको सडकखण्डमा भएको बाक्लो हिमपातको कारण अवरुद्ध राजमार्ग खुलेको हो ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ को रिनदह क्षेत्र र रुकुम पूर्व र बाग्लुङको सिमाना क्षेत्र पातिहाल्नमा परेको हिमपातको कारण यातायात अवरुद्ध भएको थियो ।

मध्यपहाडी सडक अवरुद्ध भएपछि रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै काठमाडौ जाने यातायातका साधनहरु बिहिबार देखि अवरुद्ध भएकोमा शुक्रबार साँझ ७ : ३० बजे देखि राजमार्ग पुनः सञ्चालनमा आएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी दिनुभएको छ ।

जिल्ला सदरमुकामबाट काठमाडौका लागि जाने गाडीहरु राजमार्ग अवरुद्ध हुँदा राप्ती राजमार्ग हुँदै छुटाईएको थियो भने जिल्लाका पश्चिमी क्षेत्रबाट काठमाडौका लागि छुट्ने गाडीहरु सल्लीबजार, कोहलपुर, बुटवल हुँदै गएकोमा अब अवरुद्ध मध्यपहाडी राजमार्ग खुलेपछि यातायात सञ्चालनमा आएकाे तर हिमपात बाक्लो परेकाले सतर्कता अपनाएर सवारीसाधन चलाउन प्रजिअ शर्माले सबैमा आग्रह गर्नुभएको छ ।

हाल रुकुमबाट रुकुम सिस्ने यातायात प्रा.लि., सानीभेरी यातायात सेवा प्रा.लि., बटालियन यातायात प्रा.लि., कमलदह यातायात प्रा.लि., घोडाघोडी यातायात लगायतले काठमाडौको लागि यात्रु सेवा दिईरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |