अज्ञात समुहद्धारा अस्थायी सिकाई केन्द्रमा क्षति
64x64
२०८० माघ १९ शुक्रबार प्रेसपालिका संवाददाता
237 Views

रुकुम पश्चिम १९, माघ

रुकुम पश्चिमको सानीभेरी गाँउपालिका वडा नम्बर १ चाईनाबगरस्थित भेरी दोभान माध्यामिक बिद्यालयमा निमार्ण गरिएको अस्थायी सिकाई केन्द्र र बालमैत्री सिकाई केन्द्र अज्ञात समुहले काटेर धुजाधुजा पारेको छ । बिहिबार राति अज्ञात समुहले धारिलो हतियार प्रयोग गरि अस्थायी सिकाई केन्द्र र बालमैत्री सिकाई केन्द्रमा काटेर क्षति पु¥याएको हो ।

गत कार्तिक १७ गते गएको जाजरकोट भुकम्पले बिद्यालयको भवन पुर्ण रुपमा क्षति पुगेपछि अस्थायी सिकाई केन्द्र निर्माण गरेर पठनपाठन सुरु गरिएको थियो । बिद्यालयका प्रध्यानाध्यापक पुर्ण बहादुर ओलीका अनुसार भुकम्प पछि युनिसेफ ले बनाईदिएको ७ वटा अस्थायी सिकाई केन्द्र र एक वटा बालमैत्री स्नेही केन्द्रमा अज्ञात समुहले काटेर धुजा धुजा पारेको छ ।

कैची तथा धारिलो हतियारको प्रयोग गरेर त्रिपाल, प्लाष्टिक र म्याट काटेर धुजाधुजा प्रयोग गर्न नमिल्ने गरि क्षति पु¥याएको विद्यालयका शिक्षक भूपेन्द्र ओलीले जानकारी दिनुभयो ।
अस्थायी सिकाई केन्द्रमा क्षति भएपछि कक्षा १२ सम्म पढाई हुने उक्त स्कुलका ३ सय ३६ जना बिद्यार्थीहरु अहिले खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् । साथै विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।

घटना बारे स्थानिय प्रहरीलाई पनि खबर गरिएको बत्ताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News