हिउँ हटाएर अवरुद्ध सडक खुलाइयो
64x64
२०८० माघ १८ बिहिबार प्रेसपालिका संवाददाता
1247 Views

रुकुम पश्चिम १८, माघ ।

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सडक खण्डको हिउँ हटाएर आजै अवरुद्ध सडकलाई पुनः खुलाइएको छ । मुसिकोट नगरपालिका -८, को रिनदह र आसपासको सडकमा जमेको हिउँलाई हटाएर बिहानै देखि अवरुद्ध बनेको सडक बेलुकी खुलाइएको हो ।

 

मुसिकोट नगरपालिकाको जेसीबी सहित नगर प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले पाँच घण्टा लगाएर सडकमा जमेको हिउँ हटाएको नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो । बिहानै देखि भारी हिमपात हुँदा काठमाडौंबाट भित्रिने तथा रुकुम पश्चिमबाट बाहिरीने सवारी साधन हिउँमा फसेका थिए । जसका कारण गन्तव्यमा हिंडेका यात्रु समेत बाटोमै अलपत्र परेका थिए ।

तर समयमै सडक खण्डमा जमेको हिउँलाई हटाएर छोटो तथा लामो दूरीको यातायात सेवालाई बेलुकी देखि नै सञ्चालन गरिएको छ । वर्षा र हिमपातका कारण रुकुम पश्चिमको जनजीवन कष्टकर बनेको छ ।

त्यस्तै अस्थाई टहरामा बस्दै आएका भूकम्प प्रभावित क्षेत्रका वासिन्दा चिसोले थप प्रभावित बनेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |